८ वैशाख २०८१ शनिबार
शिक्षा

किरणभक्त जोशीले सुरु गरे ‘इनसेसेन्ट रेन एकेडेमी’

नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन्।  

सोमबार उनले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्स सँगको सहकार्यमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका हुन्।  

एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुनेछन्। उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति रहेको थियो। उहाँले उक्त अवसरमा एकेडेमीले युवा नेपालीलाई दिने अवसर र यसले नेपाली चलचित्र उद्योगमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरेका थिए।

त्यस्तै, बिहिबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन्। भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरे। उद्घाटनको दिनदेखि नै पढाई सुरु गरेका विद्यार्थीहरूसँग कुरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिँदै उनीहरूको सुखद भविष्यको बिश्वास व्यक्त गरे। साथै, राजदुत थम्पसनले काठमाडौँको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समेत भ्रमण गरे। सो क्रममा उनले विश्वभरका चलचित्रको लागि स्टुडियोका संचालक किरणभक्त जोशीको प्रशंसा गरे।

प्रकाशित: १३ माघ २०७९ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App