६ वैशाख २०८१ बिहीबार
शिक्षा

दायित्व फेलोसिपको दीक्षान्त र संगोष्ठी सम्पन्न

 दायित्व फेलोसिपको १२ औं संस्करण अन्तर्गतका फेलोहरूको दीक्षान्तसँगै दायित्व फेलोसिप संगोष्ठी सम्पन्न भएको छ। संगोष्ठीमा दायित्व नेपाल जननीति फेलोसिप एल्मुनाई काउन्सिलको समेत उद्घाटन गरिएको थियो।

गत जुन महिनादेखि सुरु भएको दायित्व नेपाल नीति फेलोसिप २०२२ मा १५ वटा देशमा प्रशिक्षित २०० भन्दा बढी आवेदकहरू मध्येबाट ६ जना फेलो छानिएको संस्थाले जनाएको छ। जसमा सरकारी संस्थाहरू राष्ट्रिय योजना आयोग; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट एक एक जना र जनप्रतिनिधिहरू गगन थापा, गोकर्ण बिष्ट र कमला रोका रहेका छन्।  

छ महिने फेलोसिपको अवधिमा गरिएको अनुसन्धानबाट प्राप्त परिणाम र सुझावसहितको प्रतिवेदन हरेक फेलोले आफ्नो सम्बन्धित सरकारी निकायलाई बुझाइ सकेको संस्थाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले दायित्व फेलोहरूले गरेको अनुसन्धानले नेपाल सरकारको कामलाई सहज पारेको बताउँदै फेलोको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्। यस्तै दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. पुकार मल्लले राष्ट्र निर्माणमा सरकार र युवा बीचको सहकार्यको महत्व र त्यसको परिमाणबारे प्रकाश पार्दै नेपाल सरकारलाई फेलोसिप जस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ११ माघ २०७९ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App