२६ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

दसैंमा राष्ट्र बैंकले नयाँ नोट नदिने, भदौ २९ देखि सुकिला नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आउँदो बडा दसैंका लागि सर्वसाधारणलाई सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ।

बैंकले एक सूचना जारी गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, काठमाडौंको थापाथलीस्थित विभागबाट सर्वसाधारणले नोट सटही गर्न सक्नेछन्।

यसका साथै, राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू- विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट पनि नोट साट्ने व्यवस्था मिलाइएको छ।

सर्वसाधारणको सहजताका लागि क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरूबाट पनि सुकिला नोट साट्न सकिने सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले केही वर्षयता दसैंमा नयाँ नोटको सट्टामा चलनचल्तीमा रहेका तर सफा र राम्रो अवस्थाका सुकिला नोटहरू वितरण गर्दै आएको छ।

यद्यपि, बजारमा सुकिला नोटको अभाव भएमा आवश्यकताअनुसार नयाँ नोट पनि उपलब्ध गराउन सकिने बताइएको छ ।

प्रकाशित: १७ भाद्र २०८२ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App