२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

असार मसान्तको चटारो : विभिन्न स्थानीय तहमा शनिबार र आइतबार पनि कार्यालय खुल्ने

चालु आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसँगै विकास निर्माणका कामको फर्छ्यौट र भुक्तानीको चाप बढेपछि विभिन्न जिल्लाका स्थानीय तहले सार्वजनिक बिदाका दिनमा पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सबै प्रकारका भुक्तानी प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न र विकास आयोजनाहरूको भुक्तानी समयमै सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक बिदाका दिनमा पनि काम गर्न लागिएको हो।

यसअनुसार धनकुटाका छथर जोरपाटी गाउँपालिका र पाख्रीबास नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, रुकुम (पश्चिम) को आठविसकोट नगरपालिका तथा दैलेखको गुराँस गाउँपालिकाले यही असार २० गते शनिबार र २१ गते आइतबार कार्यालय खोल्ने निर्णय गरेका हुन्।

सूचना तल हेर्नुस्

प्रकाशित: १९ असार २०८३ २१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App