४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

मुआब्जा विवाद टुंगिएपछि हटियामा काम सुरु

वर्षौंदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र)मा टावर निर्माण कार्य अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षबीच सहमति जुटेपछि कामले गति लिएको हो।

मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवाद टुंग्याएका थिए। टावर निर्माण क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने काम तीव्र पारिएको छ।

सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा आयोजना वर्षौंदेखि अलपत्र परेको थियो। 

नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यो आयोजना सम्पन्न भएपछि आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै विद्युत् निर्यातका लागि पूर्वाधार तयार हुने विश्वास गरिएको छ। यसले निजी क्षेत्रलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

उक्त परियोजनाको पूर्वी खण्ड ९ढल्केबर–इनरुवा० भने तीन वर्षअघि नै सम्पन्न भइसकेको छ।

प्रकाशित: १५ वैशाख २०८३ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App