२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

विराट ट्रेड एक्स्पो आजदेखि

विराटनगरमा आजदेखि विराट ट्रेड एक्स्पो (औद्योगिक तथा व्यापार मेला) आयोजना हुने भएको छ  । मोरङ उद्योग व्यापार संघले विराटनगर १ स्थित शान्ति चोक नजिक एक्स्पो आयोजना गर्न लागेको हो ।  

पुस १९ गते सम्म सञ्चालन हुने एक्स्पोको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने, व्यवसायीहरुको हक हितको संरक्षण गरी स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने रहेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । मेलाले प्रदेशका स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रको प्रवद्र्धन एवं विकासमा समेत जोड दिने राठीले बताए ।  

यस पटकको एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर, अक्टानम सहितको करिब २ सय ३० वटा स्टल रहने अध्यक्ष राठीले जानकारी दिए ।  

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी  गरिने छ । यस्तै छिमेकी राष्ट्रहरू भारत, बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको प्रदर्शनीका स्टलहरू पनि छन् ।  

एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ । एक्स्पोमा विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी ट्रेनललगायतका सामाग्री छन् मेलामा २ लाख अबलोकनकर्ताहरूको सहभागिता रहने आयोजकले दाबी गरेको छ ।  

 

प्रकाशित: ९ पुस २०८२ १५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App