१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ। निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ। यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो।

अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ।

प्रकाशित: १५ पुस २०८२ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App