२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

तातोपानीमा हजार बढि ‘कन्टेनर’ अलपत्र

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।

कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौं पठाउन सकिएको छैन्। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार सडक बन्द भएपछि तातोपानी क्षेत्र (चिनियाँ भूभाग) मा कन्टेनर अलपत्र परेको छ।

उनले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएको सुनाए।

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको जानकारी दिए।

उनी भन्छन्, “दसैँ र तिहारलाई लक्षित गरी आयात गरेको सामान ल्याइएको हो, तातोपानी नाकामा ३० मिटर जतिमा पहिरोका कारण समस्या आएको हो।”

प्रकाशित: ५ भाद्र २०८२ १९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App