२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

कर बुझाउने समय एक महिना थप

सरकारले कर बुझाउने समय एक महिना थप गरेको छ । जेएनजी आन्दोलनले भदौ २५ गते तिर्नुपर्ने कर तथा कर विवरण आगामी असोज २५ गतेसम्म तिर्ने गरी थप गरेको हो ।

भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोका कारण व्यवसायीले समय थप गर्न माग गरेका थिए । कर बुझाउने समयमा कर कार्यालयहरु पनि बन्द भएकाले अर्थमन्त्री रामेश्वर खनालले एक महिना समय थप गर्ने निर्णय गरेका हुन् । भदौ २५ गतेसमम् बुझाउनुपर्ने कर तथा विवरण अब असोज २५ गतेसम्म बुझाए हुने भएको छ । 

रकम दाखिला गर्न असुविधा भएको तथ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी (शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम) २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सकिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । 

थप गरिएको समयमा कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क, व्याज, थप दस्तुर वा जरिवाना लाग्ने छैन । निजी क्षेत्रको माग अनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महीनाा थप गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए ।

प्रकाशित: ३१ भाद्र २०८२ १९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App