जेनजी आन्दोलन पछि खुलेको सेयर बजारमा पहिरो गए पछि सरकारले समस्यको पहिचान गरी लगानीकर्ताको मनोबल बढाउन सरकारले एक कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारमा सुधार गर्न धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
कार्यदललाई पाँच दिन भित्रमा लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारलाई सुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।
जेनजीको आन्दोलन पछि बिहीबार खुलेको नेप्से परिसूचकमा पहिरो गएर एकै दिन १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा आई बन्द भएको थियो
प्रकाशित: ३ आश्विन २०८२ १५:४९ शुक्रबार





