१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

खर्चै भएन ताप्लेजुङको विकास बजेट

प्रदेशतर्फको विकास खर्च दुई प्रतिशतभन्दा कम

ताप्लेजुङको ग्रामिण क्षेत्र । फाइल तस्बिर

ताप्लेजुङमा विकास बजेटको रुपमा चिनिने पुँजीगत बजेट खर्चको अवस्था निरासाजनक देखिएको छ । आर्थिक वर्षको पहिलो चौमासिक अवधि पूरा प्रदेशतर्फको पुँजीगत खर्च २ प्रतिशत मुनि सिमित भएको छ भने संघीयतर्फको पुँजीगत बजेटको खर्च ८ प्रतिशत भन्दा तल देखिएको छ ।  

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौला खत्रीका अनुसार चालु बजेट खर्चको तुलनामा पुँजीगत बजेट खर्च ज्यादै कम देखिएको हो । संग्रौलाका अनुसार संघीयतर्फ चालु बजेटको ३४.८४ प्रतिशत खर्च हुँदा पुँजीगत बजेट ७.५८ प्रतिशत मात्र खर्च भएको छ ।  

संघीय बजेटको तुलनामा प्रदेशतर्फ चालु र पुँजीगत दुबै बजेट कम मात्र खर्च भएपनि चालुको तुलनामा ज्यादै कम मात्र पुँजीगत बजेट खर्च भएको छ ।  

कोलेनिकाका अनुसार प्रदेशतर्फ पुँजीगतमा १.७४ प्रतिशत खर्च भएको छ भने चालुतर्फ भने ७.४२ प्रतिशत खर्च भएको छ । कोलेनिकाका अनुसार संघीयतर्फ ४ अर्ब ५४ करोड ९ लाख ५८ हजार ९ सय ५३ रुपैयाँ चालु बजेट रहेकोमा कात्तिक मसान्तसम्ममा १ अर्ब ५८ करोड २० लाख ५१ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ । संघीयतर्फ ६९ करोड ४ लाख ३८ हजार बजेट रहेकोमा ५ करोड २३ लाख ५८ हजार ३ सय १ रुपैयाँ खर्च भएको छ ।  

चालु र पुँजीगत दुबै गरी संघीयतर्फ १ अर्ब ६३ करोड ४४ लाख ४१ हजार २ सय ४९ रुर्पयाँ खर्च भएको छ । प्रदेशतर्फ चालुमा ६० करोड ३६ लाख ८६ हजार बजेट रहेकोमा ४ करोड ४७ लाख ९१ हजार १ सय ६१ रुपैयाँ खर्च भएको छ । प्रदेशतर्फ पुँजीगतमा भएको खर्च १ करोड रुपैयाँ भन्दा कम छ ।  

कोलेनिकाका अनुसार प्रदेशतर्फ पुँजीगतमा ५७ करोड २ लाख ४४ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्ममा ९९ लाख ४७ हजार ७ सय ६४ रुपैयाँ खर्च भएको छ । दुबैतर्फ गरी ५ करोड ४७ लाख ३८ हजार ९ सय २६ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ ।  

 

प्रकाशित: १० मंसिर २०८२ १९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App