उखु किसानलाई दिनुपर्ने रकम निकासा नदिएको भन्दै आन्दोलतमा उत्रिए पछि अर्थ मन्त्रालयले साढे ७५ करोड रुपैयाँ निकासा गरेको छ ।
उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको मन्त्रालयले जनाएको छ ।
किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान दिँदै आएकोमा आर्थिक वर्ष २०८१/८२ बाट सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र दिने निर्णय गरको थियो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलायमार्फत किसानको बैंक खाता मार्फत भुक्तानी गर्ने सरकारको तयारी छ । किसानले बक्यौता रकम प्रति क्विन्टल ७५ रुपैयाँका दरले पाउनुपर्ने माग राख्दै आएका छन् ।
उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच छलफल भए पनि समस्याको समाधान हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
प्रकाशित: १० भाद्र २०८२ १८:२० मंगलबार





