चालु आर्थिक वर्षको अर्धवार्षिक व्यावसायिक समीक्षाको कार्यमूल्यांकन, उत्कृष्टलाई सम्मान र बाँकी समयको व्यवसायिकरण नीति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले उद्घाटन गरेका हुन्। प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरियम्यानेजर, तथा उत्कृष्ट शाखा प्रबन्धकहरूको सहभागिता पोखरा र चितवनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण र अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने बताए। चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद पनि एकता, सामञ्जस्यता र प्रतिबद्धताका साथ कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
प्रकाशित: १३ फाल्गुन २०८२ ०८:३३ बुधबार





