२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

रसुवा बाढी : बिमा दाबी ९८ करोड ५९ लाख

गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको हो। त्यसमा सम्पत्ति बिमा छ, सामुद्रिक बिमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा (निजी) १६ र मोटर बिमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ।

प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा रु ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी रु आठ करोड ७३ लाख तथा सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको बिमा दाबी भएको छ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स रु पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा रु ४७ लाख, सिद्धार्थ प्रिमियर रु ३१ लाख र प्रभु इन्स्योरेन्स रु २८ लाख बराबरको बिमा दाबी परेको छ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो। यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो। रासस

प्रकाशित: २५ श्रावण २०८२ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App