रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ। शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार काठमाडौँबाट सडक मार्ग हुँदै मन्थली ल्याइएका पर्यटकलाई रामेछाप विमानस्थलबाट हवाई मार्गमार्फत लुक्ला पुर्याइने गरिएको हो। यस मार्गमा सीता, तारा, समिटलगायतका एयरलाइन्स कम्पनीहरूले सेवा दिइरहेका छन्।
प्राधिकरणका सूचना अधिकारी प्रज्वल गुरागाईँ अनुसार मौसम अनुकूल रहँदा दैनिक ५० देखि ६५ वटासम्म उडान हुने गरेका छन्।
प्रकाशित: १४ आश्विन २०८२ १६:०२ मंगलबार





