५ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

प्रोटोन इमास ७ एसयुभी

प्रोटोन नेपालले फुल साइज इलेक्ट्रिक एसयुभी इमास ७ मार्फत नेपाली बजारमा प्रभाव जमाएको छ।

इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ।

सहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ। चार हजार ६१५ मिमि लम्बाई र १८० मिमि ग्राउन्ड क्लियरेन्सका कारण यस एसयुभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ।

नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालि रहेको छ। कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ।

प्रकाशित: ४ माघ २०८२ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App