२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

मधेसको राजस्व सङ्कलनमा प्रगति

मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१÷८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो। सात वर्ष पहिले आव २०७५÷७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो। सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१÷८२ को सङ्कलन दोब्बर बढी भएको हो।  

मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ। कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन्। ‘राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो’, सचिव महतोले भने, ‘यसले अब राम्रो लिक समातेको छ।’

यसअघि आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशमा रु तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्ष आगामी वर्षहरूमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ। सङ्कलन प्रक्रियालाई वैज्ञानिक रूपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ। रासस

प्रकाशित: २ भाद्र २०८२ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App