१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

दसैँका लागि सुकिला नोट २९ गतेदेखि साट्न पाइने

दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ।

यस वर्ष विजया दशमी असोजको १६ गते परेकाले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने भएको हो। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नयाँ नोट साट्न सकिने छ। साथै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थाले कारोबारको समयमा नोट साट्न पाउने छन्।

प्रकाशित: १५ भाद्र २०८२ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App