नेप्से परिसूचक बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने करिब २५ करोडले घटेको छ। बिहीबार ३३४ स्टकको ४५ हजार ६५ पटकको कारोबारमा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको ६६ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार नेप्सेमा ३ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशत बढेको छ भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.२४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँबराबरको कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सले साढे १४ करोड र नेशनल हाइड्रोपावरले १४ करोड रुपैयाँको कारोबार गरे।
१३ उपसमूहमध्ये बिहीबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढ्यो भने वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: २४ वैशाख २०८३ १५:३७ बिहीबार





