कारोबार हुने साताको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। यो लगतार छैठौं दिनको वृद्धि हो।
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ।
नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३४३ वटा स्टकको ७५ हजार १० पटक कारोबार हुँदा १ करोड ४९ लाख २४ हजार कित्ता सेयर किनबेच भएको हो।
कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयर मूल्य ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसा पुगेको छ।
त्यस्तै, कालंगा हाइड्रोको सेयर मूल्य करिब ७.५ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार ५५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको करिब ३१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २७ करोड रुपैयाँभन्दा बढी रहेको छ।
मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन्। व्यापार उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढेको छ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्दा बैंकिङ, लगानी तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
प्रकाशित: ५ श्रावण २०८३ १६:०६ मंगलबार



-600x400.jpg)

