८ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

नेप्से सात महिनायताकै उच्च विन्दुमा, कारोबार रकम साढे २३ अर्ब नाघ्यो

बजार परिसूचक नेप्से सात महिनायताकै उच्च विन्दुमा पुगेको छ।  

कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको छ। गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा पुगेको थियो। सेन्सेटिभ इण्डेक्स ११.११ अंक, फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंकले बढेको छ।  

आइतबार नेप्सेसँगै कारोबार रकम पनि साढे २३ अर्ब नाघेको छ। आइतबार ३६४ स्टकको २ लाख ४ हजार ९५५ पटकको कारोबारमा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। याे कारोबार रकम झण्डै ७ महिनायताकै उच्च हो। गत साउन ११ गते नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

आइतबार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकको ८५ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भयो। नेशनल हाइड्रोपावरको करिब ७८ लाख र शिवम् सिमेन्ट्सकाे ७५ करोडको कारोबार भयो।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

प्रकाशित: ८ चैत्र २०८२ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App