बजार परिसूचक नेप्से बुधबार पनि घटेको छ ।
लगातार तेस्रो दिन घट्ने क्रममा नेप्से परिसूचकमा १०.५० अंकको गिरावट आएको हो । दोहोरो अंकको गिरावटसँगै नेप्से २७८५.७४ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स १.६१ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।
बुधबार कारोबार रकम पनि घटेको छ । हिजो मंगलबार ६ अर्ब ९१ करोड बराबरको कारोबार भएको शेयर बजारमा बुधबार ३२१ स्टकको ७० हजार ९९ पटकको कारोबारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। केबिएल डिबेञ्चरको मूल्य ९.४८ प्रतिशत रसिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको बलेफी हाइड्रोपावर कम्पनीको ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोड र शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोडको कारोबार भयो ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: २८ श्रावण २०८२ १६:१३ बुधबार





