२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनमा नेपालको नयाँ कदम : ९७ हिमाल आरोहण निःशुल्क

फाइल तस्बिर

पर्यटन प्रवर्द्धन गर्न नेपालले आगामी दुई वर्षका लागि आफ्ना ९७ वटा हिमाल चुचुराहरूको आरोहण नि:शुल्क गर्ने भएको छ। देशका केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको हो।  

सेप्टेम्बरदेखि हुने शिखर आरोहणको मौसममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति शुल्क १५ हजार डलर पुगेको छ। लगभग एक दशकपछि पहिलो पटक सगरमाथा आरोहणको शुल्क बढाइएको हो।  

पर्यटन विभागले यो पहल देशको ‘दूरदराजका पर्यटकीय गन्तव्यहरू’ प्रदर्शन गर्न कोशेढुंगा साबित हुने आशा गरेको छ। पर्वतारोहण नेपालको लागि आम्दानीको प्रमुख स्रोत हो। विश्वका १० अग्ला चुचुराहरूमा आठ वटा नेपालमा अवस्थित छन्।  

गत वर्ष, नेपालले पर्वतारोहण शुल्कबाट झण्डै ६० लाख डलर कमाएको थियो, जसमध्ये तीन चौथाइभन्दा बढी सगरमाथाबाट मात्रै आएको थियो।

प्रकाशित: २८ श्रावण २०८२ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App