९ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

नागढुंगा सुरुङमार्गको उद्घाटन आगामी सोमबार

बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन आगामी साउन ११ गते (सोमबार) हुने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सरकारले उक्त मितिमा सुरुङमार्ग उद्घाटन गर्ने तयारी गरेको हो।

सडक विभागका अनुसार उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधि तथा जापानी राजदूत लगायतको सहभागिता रहनेछ।

यद्यपि उद्घाटन सम्पन्न भएलगत्तै सर्वसाधारणका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। विभागले उद्घाटनपछि केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण तथा सुरक्षा मूल्याङ्कन गरिने जनाएको छ।

ती सबै प्रक्रिया पूरा भएपछि साउनको अन्तिम सातादेखि सर्वसाधारणका लागि सुरुङमार्ग सञ्चालनमा ल्याइने विभागको तयारी छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारी आवागमन थप सहज हुने, यात्रा समय घट्ने र ट्राफिक चाप व्यवस्थापनमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ श्रावण २०८३ १६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App