१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

‘स्थानीयले चलाएको सहकारी भाग्दैन’

भक्तपुरका सहकारी सञ्चालकले स्थानीयले सञ्चालन गरेको सहकारी संस्था भाग्न नसक्ने बताएका छन् । त्यही भएर स्थानीयबासीले सञ्चालन गरेको सहकारी संस्थाबाट डराउनुपर्ने कुनै कारण नभएको उनीहरुले बताए।  

शनिबार भक्तपुरमा भएको विभिन्न सहकारी संस्थाहरुको साधारणसभाका सञ्चालकले आफ्नै गाउँठाउँका मानिसबाट सञ्चालन गरेका सहकारी कुनै हालतमा नभाग्ने बताए ।

उनीहरुको सामूहिक भनाई थियो, ‘आफ्नै टोलबासीबासीले लगाएको सहकारी भागे, उनीहरुको परिवार टोलमै हुन्छ, घर टोलमै हुन्छ अनि कसरी भाग्न सक्लान् र ?’

भक्तपुरकै सबैभन्दा ठूलो मानिएको सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार भएको ३१ औं साधारण सभामा उपाध्यक्ष विष्णुराम दुमरुले आफ्नो सहकारीमा साढे ६ प्रतिशतको कम व्याजदरमा ऋण उपलब्ध गराउँदा पनि खासै ऋण लिन नआएको बताए ।  

जिल्लाकै दोस्रो ठूलो मानिएको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारण सभामा अध्यक्ष रामप्रसाद कासुलाले स्थानीयबाट सञ्चालित सहकारीमा ढुक्कसँग बचत गर्नसक्ने बताए ।

प्रकाशित: ४ आश्विन २०८२ १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App