२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान

कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार यहाँ आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा पहिलो छदेखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिइयो।

प्रदेशमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव एक प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए। उनले लेखा अनुमान तथ्याङ्क प्रस्तुत गर्दै अर्थतन्त्रको आकार रु १० खर्ब ४३ अर्ब ११ करोडको अनुमान गरिएको बताए।

त्यस अवसरमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशले कुल गार्हस्थ्य उत्पादन वृद्धिका लागि आधार निर्माण भइरहेको बताए। उनले प्रदेशमा अर्थतन्त्र सुदृढीकरणका लागि कृषि, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उद्योग र कृषिको उत्पादन वृद्धिका लागि विशेष राहत योजना सञ्चालनमा ल्याएको बताए।

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले स्थानीय उत्पादनको उपभोगमा जोड दिए। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनप्रसाद सुवेदीले आयात प्रतिस्थापन गर्न सके कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने विचार राखे।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख ढुण्डिराज लामिछाने र तथ्याङ्क समन्वय कार्यालय मोरङका प्रमुख सुभाष अधिकारीले तथ्याङ्कलाई नीति र बजेट निर्माणमा प्रयोग गर्न आग्रह गरे। रासस

प्रकाशित: ७ जेष्ठ २०८३ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App