३१ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

कोशीको बजेट परिमार्जन हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कोशी प्रदेशको बजेट परिमार्जन गरिने बताएका छन् । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश पूर्ण खोप सुनिश्चित र दीगोपना भएको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।  

उनले बजेट पारित गर्नु अगाडि नै बजेट परिमार्जन गर्ने सहमति गरिएकाले प्रचलित कानुनको अधिनमा रहेर आगामि आर्थिक वर्ष २०८३/०८४को बजेट परिमार्जन गरिने स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले भने‘बजेट निर्माणका क्रममा केहि तलमाथि भएकाले बजेट पारित गर्ने क्रममै परिमार्जन गर्ने सहमति गरिएकाले प्रचलित कानुनको अधिनमा रहेर  बजेट परिमार्जन हुनेछ ।’

मुख्यमन्त्री कार्कीले खेप अभियान सफल बनाउन मुख्यभूमिका खेल्ने स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कदर गर्दै सेवा सुविधा बढाउने प्रतिबद्धतासमेत जनाए । उनले तत्कालै स्वास्थ्य स्वयंसेविकाको सेवा सूविधा बढाउने विषयमा काम थाल्न मातहत मन्त्रालयलाई निर्देशनसमेत दिए । मुख्यमन्त्री कार्कीले पहाड र हिमालबाट हुने  बसाइँसराई रोक्न पहाडी र हिमाली जिल्लाहरूका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने बताए ।

चालु आर्थिक वर्ष कोशी प्रदेशका २ लाख ६९ हजार बढी बालबालिकालाई खोप लगाएर प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न सफल भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानएको छ । 

प्रकाशित: २९ असार २०८३ १९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App