२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

काठमाडौंमा विद्यूतीय सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । भदौ १५ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा सञ्चालन हुने प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालिले सयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ छन् ।

स्वदेशी तथा विदेशी कम्पनीका १०० भन्दा बढी स्टलहरु रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री छन् ।  

त्यसैगरी, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता छ ।

कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामाग्रीको निर्यातमा सम्भावना रहेको कुरामा जोड दिए । भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुको सहभागिता देख्दा नेपालमा पनि उर्जा तथा उर्जासँग सम्बन्धित उत्पादनहरुको सम्भावना निकै राम्रो रहेको बताए ।

प्रकाशित: १३ भाद्र २०८२ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App