जेन-जी आन्दोलनबाट निजी क्षेत्रका भौतिक संरचना, सवारी साधन तथा वस्तुमा भएको क्षतिमा करिब पौने २१ अर्ब रुपैयाँको दाबी परेको छ।
आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको कारण मंगलबारसम्म बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रुपैयाँको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार १८ वटा बिमा कम्पनीमा १९ सय ८४ सङ्ख्याको २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको दाबी परेको हो।
दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँ दाबी परेको छ। त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा चार अर्ब ९३ करोड २२ लाख रुपैयाँ, शिवर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड चार लाख, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्समा एक अर्ब ५९ करोड, सगरमाथा इन्स्यारेन्समा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ।
त्यसैगरी, हिमालय एभरेष्ट इन्स्योरेन्स एक अर्ब १५ करोड ६२ लाख, नेका इन्स्योरेन्समा एक अर्ब ९ करोड ९५ लाख, सानिमा जिआईसी इन्स्योरेन्स ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्स ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ दाबी परेको छ।
त्यसैगरी, एनएलजी इन्स्यारेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेशनल इन्स्यारेन्समा ६ करोड ८२ लाख, प्रभोटेक्टिभ माइक्रो इन्स्यारेन्समा एक करोड १३ लाख, स्टार माइक्रो इन्स्यारेन्समा ६७ लाख, नेपाल माइक्रो इन्स्यारेन्समा ५६ लाख ३६ हजार, ट्रस्ट माइक्रो इन्स्यारेन्समा ४२ लाख रुपैयाँ माग दाबी परेको छ। यो गत मंगलबारसम्मको तथ्याङ्क हो।
अझै दाबी गर्ने क्रम जारी रहेको नेपाल प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए। सरकारी सार्वजनिक सम्पत्तिको बिमा नहुने भएकाले यो निजी क्षेत्रको मात्र हो।
प्रकाशित: २ आश्विन २०८२ १४:४१ बिहीबार





