२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

अन्नपूर्ण केवलकार कम्पनिलाई सम्मान

<br>

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपूर्ण केवलकारलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको पोखरास्थित श्रम तथा रोजगार कार्यालयले अन्नपूर्ण केवलकारलाई प्रशंसापत्र सहित सम्मान गरेको हो।

गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय प्रतिष्ठान र उद्योगहरुको आर्थिक वर्ष २०८१÷८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपूर्ण केवलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट देखिएको कार्यालयले प्रदान गरेको प्रशंसा पत्रमा उल्लेख गरिएको छ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, कारखाना निरीक्षक इश्वरमणि भण्डारी लगायतले उक्त प्रशंसा पत्र अन्नपूर्ण केवलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौड्याललाई हस्तान्तरण गरे। 

यसअघि पनि श्रम सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन प्रवर्द्धनका लागि देशभरका प्रतिष्ठानलाई श्रम कार्यालयले प्रशंसा पत्र प्रदान गर्दै आएको छ। अन्नपूर्ण केवलकारलाई यसपालि गण्डकी प्रदेशमा उत्कृष्ट मानिएको कार्यालयले जनाएको छ।

२०७९ देखि पोखरामा नयाँ पर्यटकीय प्रडक्टको रुपमा अन्नपूर्णको केवलकार सेवा सुरु गरेको थियो। सेदीबगरदेखि सराङकोटसम्म २ किलोमिटर २ सय मिटरको उक्त दुरी पार गर्न १० मिनेट लाग्छ।  

प्रकाशित: १९ श्रावण २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App