१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य १५ दिनमा ११ हजार ४ सय बढ्यो

पछिल्लो समय सुनचाँदीको मूल्य दिनदिनै बढिरहेको छ।  

फागुन महिना लागेपछि मात्रै सुनको मूल्य तोलामा ११ हजार ४ सय रुपैयाँ बढेको छ।  

फागुन १ गते तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो (शुक्रबार) तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ।  

अन्तर्राष्टिय बजारमा नै सुनको मूल्य बढिरहेकाले नेपालमा पनि यसको मूल्य महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विभिन्न कारणले बजार अस्थिर बन्दा सुनमा लगानी गर्नेको संख्या बढ्ने र माग धेरै भएपछि मूल्य महंगो हुने गरेको महासंघको भनाइ छ।  

यो महिना चाँदीको मूल्य पनि तोलामा ७ सय ४० रुपैयाँ बढेको छ। महिनाको पहिलो दिन तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ५ हजार ७ सय ४० रुपैयाँ पुगेको हो।

सुनचाँदीको मूल्य  बढ्दा विवाहको समय भएपनि कारोबार सन्तोषजनक हुन नसकेको व्यवसायीको भनाइ छ। 

प्रकाशित: १६ फाल्गुन २०८२ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App