२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

ग्यास प्रतिसिलिन्डर १५० रुपैयाँले महँगियो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

निगमको नयाँ निर्णयअनुसार अब उपभोक्ताले खाना पकाउने ग्यासका लागि प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।

यसअघि ग्यासको मूल्य २ हजार १० रुपैयाँ कायम थियो। निगमले एकैपटक प्रतिसिलिन्डर १५० रुपैयाँ बढाउने निर्णय गरेको हो।

त्यसैगरी, आधा सिलिन्डर ग्यासको मूल्यमा पनि बढोत्तरी भएको छ। अब आधा सिलिन्डर ग्यासका लागि १ हजार ८० रुपैयाँ तोकिएको छ।

यसअघि यसको मूल्य १ हजार ५ रुपैयाँ मात्र थियो। अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको लागत बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले बताएको छ।

यो पनि पढ्नुहोस्

पेट्रोलमा २ र डिजेल-मट्टितेलमा १ रुपैयाँ घट्यो

प्रकाशित: १७ वैशाख २०८३ २३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App