२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको हो।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मंगलबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा तीन दिनसम्म छलफल भएको थियो। शुक्रबार भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पञ्चराम गुरुङ लगायतले नीति तथा कार्यक्रममाथि आ-आफ्ना धारणा राखेका थिए।

प्रकाशित: २३ जेष्ठ २०८३ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App