हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोड्ने पक्की पुल निर्माण कार्य जारी छ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेका छन्।
पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीका अनुसार नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको छ।
आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका–१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँपालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुनेछन्।
त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौंडालगायत सहरमा पुर्याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्नेछ।
पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको छ।
प्रकाशित: २१ जेष्ठ २०८३ १६:४० बिहीबार





