२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

बीमा प्राधिकरणको अध्यक्ष सिफारिस गर्न समिति गठन

रिक्त बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन सरकारले समिति गठन गरेको छ ।  

अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो ।  समितिको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल रहेको अर्थ मन्त्रालयले जनाएको छ ।  

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्त गरे पछि यो पद रिक्त छ । समितिले अध्यक्ष सिफारिसका लागि सरकारलाई तीन जनाको नाम सिफारिस गरे पछि ती मध्येबाट एक जना अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित: १२ भाद्र २०८२ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App