२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ।

क्यानले आज पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो।

अघिल्लो वर्ष ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ।

क्यानले पुँजीगततर्फको बजेट भने बढाएर १२ अर्ब ३९ करोड ७० लाख पुर्‍याएको छ। गत वर्ष एघार अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो।

यस्तै कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्ष ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो।

वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए।

उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए।

महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे।

उनले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिए।

प्रकाशित: ७ श्रावण २०८२ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App