२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ ।  

सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो ।  

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री तथा प्रदेश योजना आयोगका सदस्य सहित आईतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनको पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।  

प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहुँ, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात–केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ ।  

लगानी सम्मेलनमा नीति तथा लगानी–मैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी ) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए ।

 

प्रकाशित: १५ भाद्र २०८२ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App