२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

व्यवासायी थापा भन्छनः ‘अहिले पनि हतोत्साहित बनेको छैन, पक्कै उठ्नेछु’

<br>

प्रतिभा माविमा व्यावसायिक योजना प्रस्तुतीको उद्घाटनपछि व्यवासायिक अनुभव साट्दै व्यावसायी ध्रुव थापा । तस्बिरः नागरिक

व्यावसाय गर्दा बेलाबेला उतारचढाव आउने गर्छन। कतिपय व्यावसायी ती उचारचढावसँग आत्तिन्छन। तर, पोखराका व्यावसायी ध्रुव थापा भने व्यवासायिक जीवनमा सबैभन्दा अप्ठेरो अवस्थामा रहँदा पनि अत्तालिएका छैनन। उनी भन्छन, ‘व्यवासाय गर्दा उतारचढाव आउँछन। तर, म आत्तिएको छैन। हतोत्साही भएको छैन।’

जेनजी आन्दोलनका क्रममा थापाले ठूलो क्षति भोगेका थिए। अटो र घरजग्गा व्यवासाय संचालन गर्दै आएका थापाले आन्दोलनको क्रममा करोडौं रुपैयाँ नोक्सानी खेपेका छन। आफु बस्ने घर र व्यावसाय जल्दा उनले करोडौं रुपैयाँको क्षति भोगेका छन। तर उनले अहिले पनि व्यवासायमा हार मानेका छैनन।  

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विहीबार आयोजना गरेको व्यावसायिक योजना प्रस्तुती सम्बन्धि कार्यक्रममा विद्यार्थीलाई प्रोत्साहन दिँदै थापाले व्यावसाय गर्दा हरेक खालका चूनौती आएपनि तर्सिन नहुने बताए। नेपाल अटोमोवाइल डिलर्स एशोसिएसन पूर्व अध्यक्ष समेत बनेका उनले अहिलेको अप्ठेरोबाट आफु माथि उठ्ने बताए। व्यावसायमा नाफा कमाउनका लागि मेहनत भने गर्नैपर्ने उनले बताए।  

थापाले आफु १७ वर्षको हुदाँ ब्यापार सुरु गरेको जानकारी दिए।  प्रविणताप्रमाणपत्र तहमा अध्ययन गर्ने बेलादेखि व्यवासाय सुरु गरेका थापाले व्यावसायी बन्ने लक्ष्यका साथ अघि बढेकोले आफु सफल भएको बताए। ‘म कानुन पढेको विद्यार्थी हुँ। १२ कक्षामा पढ्ने बेला देखि ब्यापार सुरु गरे। लक्ष्य लिएर ब्यापार सुरु गर्ने हो भने सफल भइन्छ,’ उनले भने, ‘असामान्य लक्ष्य पुरा गर्न असामान्य खालको मेहनत गर्नु पर्छ। म ब्यापारी बन्छु, प्रतिष्ठित ब्यक्ति बन्छु भन्ने लक्ष्य राखौ, पक्कै सफल भइन्छ।’

व्यावसाय थाल्दाको सुरुवाती चरणमा आफुले निकै नै मेहनत गरेको उनले सुनाए। ‘बिहान साइकल चढेर पिएन क्याम्पसमा पढ्न जान्थे। पसल खोल्न ढिला हुने भएपछि अन्तिमका केही कक्षा पढ्न पाउँदैनथे,’ उनले सुनाए, ‘आफैले कुचो र पोछा लगाएर ब्यापार सुरु गरेको थिए। मोटरसाइकलमा टासिएको धुलो पुछेर व्यापार सुरु गरेको हुँ।’ व्यावसायमा सफल हुन सबैखाले मेहनत गरेको उनले सुनाए। थापाले सेकेन्ड ह्यान्ड बाइक बेच्ने भन्दै २०४५ तिर पोखरामा पहिलोपटक रिकन्डिसन हाउस खोलेका थिए। त्यो नै नेपालको पहिलो रिकन्डिसन हाउस रहेको उनले बताए।  

‘परिवारले दिएको २ लाख रुपैयाँबाट व्यावसाय सुरु गरेको थिए। सुरुमा २ वटा मोटरसाइकल राखेर व्यावसाय थालेको थिए,’ आफुले गरेको मेहनत सम्झँदै उनले भने, ‘पसलमा पोछा लगाएर ब्यापार सुरु गरेको भएर होला मलाइ अहिले पनि मोटरसाइकलको पाटपुर्जा मर्मत गर्न बनाउन आउँछ। अहिले पनि मैले बाइक बनाउन जानेको छु।’ व्यावसायमा सफल हुँदै जाने क्रममा पनि थापाले गाडी र घरजग्गा ब्यापार थालेका थिए।  

‘एकपटक घरजग्गामा निकै नै गिरावट आयो। त्यो बेला मैले भएजतिको पैसा जग्गामा लगानी गरेको थिए । जसोतसो आधा मूल्यमा धेरैजसो जग्गा बेचे। केहीमा भएको थोरै नाफाले मलाई जोगायो,’ उनले सुनाए, ‘व्यावसायमा नाफ नभएपनि म निरास बनिन। ब्यापारको क्रममा कहिले माथी र कहिले तल भइन्छ। तर आत्तिने होइन । उतार चढाब आएपनि आत्तिनु हुन्न।’

विद्यार्थीलाई सुझाउँदै उनले सम्पत्ती कमाउने हो भने ब्यापार गर्नुपर्ने बताए। ‘व्यापार ठूलोबाट होइन सानोबाट सुरु गर्नुस । सानोबाट ब्यापार सुरु गरेर ठूलो बन्ने हो। ब्याबसायमा नयाँपन हुनुपर्छ। अरु भन्दा फरक हुनुपर्छ। नयाँ ढंगले काम गर्नुपर्छ,’ थापाले भने, ‘एकैपटक नयाँ व्यापार सुरु गर्दा जोखिम हुन्छ तर अरुले जे गरे मैले पनि त्यहि गर्छु भन्ने होइन नयाँ गर्नुपर्छ।’

आफुले व्यावसायका क्रममा बारम्बार उतारचढाव बेहोरेको उनले बताए। ‘अहिले पनि म हतोत्साहित बनेको छैन। अप्ठ्यारो आउँदा आत्तिनु हुन्न। आफुले चाहेजस्तो हुदैन,’ दुइ महिना अघि भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति भोगेका व्यावसायी थापाले भने, ‘म अहिले पनि आत्तिएको छैन।’ उनले व्यापारमा चूनौती खेप्न तयार हुनुपर्ने पनि बताए। त्यसबाहेक व्यवासायीक योजना बनाउँदा पनि ख्याल गर्नुपर्ने बताए। ‘ब्यापार मा चुनौती खेप्न तयार हुनुस। ब्यापारमा लगानी गरेर नाफा लिने हो। कहिलेकाही भाग्यले साथ दिन्छ, तर, सधै भाग्यले साथ दिन्छ भनेर हुँदैन मेहनत पनि अनिवार्य छ’ उनले भने।  

विद्यार्थीमा व्यावसायिक सोच विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविले विहीबार ‘बिजनेस प्लान’ सम्बन्धि प्रस्तुती आयोजना गरेको थियो। कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन समूहका विद्यार्थीले उक्त प्रस्तुतीमा भाग लिएका थिए।  विद्यालयका प्राचार्य किरण सापकोटाले व्यवसायिक क्षेत्रको महत्व बुझाउन यस्तो कार्यक्रम प्रभावकारी हुने बताए। विद्यार्थीमा व्यावसायिक सोच विकास गर्न पनि यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए।

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भित्री खुबि पहिचान हुने बताए। उनले विद्यार्थीले अहिले नै व्यावसायिक योजना बनाउँदा उनीहरुलाई उद्यमी बन्न प्रोत्साह मिल्ने बताए। ‘अहिलेको योजना भविश्यमा कार्यान्वयन गर्न सकेमा मुलुकले लाभ लिन्छ। साच्चै व्यावसाय थाल्ने हो भने पाँचलाख बिउँ पूँजी विद्यालयले दिन्छ,’ उनले भने, ‘युवालाइ देशमै रहनुपर्छ भन्ने मान्यता अनुसार लागेका छौ। काम गर्नुस ५० लाखको पार्टनरशिप हामी बन्नेछौं।’  

प्रकाशित: ४ मंसिर २०८२ १७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App