२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले भन्यो : इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण टोमाहक क्षेप्यास्त्रले लाग्यो

इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ।

टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो।

'अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,' रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ।  

यसै हप्ताको सुरुमा विद्यालयको आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका थिए तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताएका थिए।

अमेरिका–इजरायलले संयुक्तरूपमा सुरु गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो। उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App