८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड

पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन्।

क्रिकेटर ऐरी भन्छन्ः म हरेक खेलमा सकारात्मक भाव लिएर खेल्छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी। उनै क्रिकेटर ऐरीले आइतबार पोखरामा विद्यालयतहका विद्याथीसँग क्रिकेटप्रतिको आफ्नो मोह र सफतला हात पार्ने तरिकाबारे अनुभव बाँडेका छन्।

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी आनन्दराज बतास भने पैसा, क्षमता र अनुभवले मात्र व्यावसायमा सफलता नमिल्ने बताउँछन्। व्यावसायमा सफलता हात पार्ने बतासको एउटा सुत्र छ, त्यो हो ‘सकारात्मक सोंच’।

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा अजरलाइ स्वर्ण

‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा यहाँस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन्। गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका हुन्।

उत्कृष्ट ‘बिजनेस प्लान’ लाई प्रतिभा माविले व्यवसाय गर्न ‘बिउपूँजी’ दिने

नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन? आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने? व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने? यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा। नयाँ व्यवसायमा आइपर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान आदानप्रदान गर्न यहाँको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार ‘व्यवसायिक योजना’ बारे विद्यार्थीमाझ अनुभव साटासाट गराएको छ।

प्रतिभा माविमा विज्ञान सामाग्री प्रदर्शनी

दसैं–तिहारको एकमहिने छुट्टिमा अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई गृहकार्य दिए। बिदाको समयमा विद्यार्थीलाई पठनपाठनमा लगाईराख्न गृहकार्य दिएको विद्यालयले बताउँदै आएका छन्। तर, यहाँको प्रतिभा माविले भने गृहकार्य बाहेक विज्ञान सामाग्री बनाउन र व्यवसायिक योजना तयार पार्न लगायो।

बैंकर अनिलकेशरी शाहको सुझावः अरूको सन्देश पनि सुन्नुस्, तर निर्णय आंफै गर्नूस

माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेपछि विभिन्न विषय रोज्दै उच्चमाविको दौडधुपमा रहेका विद्यार्थीलाई बैंकर अनिलकेशरी शाहको सुझाव छ–यो बेला सही कुरा र विषय सोच्नुस, ढोका चुन्ने अवसरबाट बञ्चित नहुनुस्।’ शाहका अनुसार कतिपय विद्यार्थीले ज्ञानलाई झोलामा मकै जस्तै हालेका छन। कतिपयले त्यो मकैको महत्व चिन्दैनन। केहीले पाएको मकै खान्छन भने कतिपयले सुरक्षित राख्छन्। यस्तै अवस्थामा रहेका विद्यार्थीले यो बेला सही निर्णय गर्न सक्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्