२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

वीरगञ्ज भन्सारले चार महिनामै ३३ अर्ब उठायो

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व संकलन गरेको छ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व संकलन गरेको छ। चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्। कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको जनाएको छ।
 

प्रकाशित: १७ मंसिर २०८२ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App