८ वैशाख २०८१ शनिबार
अर्थ

एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ। सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।  

सोमबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App