७ वैशाख २०८१ शुक्रबार
अर्थ

बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले गरे प्रदर्शन

नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।

चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिका कारण उद्योगी, व्यापारीलगायत सम्पूर्ण क्षेत्रलाई ठूलो असर परेको भन्दै यसमा गम्भीर हुनुपर्ने मागसहित प्रदर्शन गरिएको हो। व्यापार संघबाट सुरु भएको मौन जुलुसमा उद्योगी, व्यवसायीलगायत विभिन्न क्षेत्रहरुको सहभागिता रहेको थियो।

जुलुसले विराटनगर नगर परिक्रममा गर्दै नेपाल राष्ट्र बैंकको प्रदेश १ पुगेर बैंककी प्रमुख मीना पाण्डेमार्फत राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझायो। त्यसपछि उनिहरूले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाए।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले ज्ञापनपत्र बुझाए। ज्ञापनपत्र बुझाउँदै उनीहरुले सरकार र राष्ट्र बैंकले चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने बताए। 

उनीहरुले आफूहरुले उठाएका मागलाई सम्बोधन नगरे थप संघर्ष गर्दै जाने बताएका छन्। मंगलबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित: २३ कार्तिक २०७९ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App