७ वैशाख २०८१ शुक्रबार
अर्थ

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, उद्धारमा समस्या

मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ। चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन्।  

यो बेला विभिन्न पदयात्रा कम्पनिमार्फत मनास्लु हिमाल आरोहणका लागि विदेशी पर्यटक पुगेका थिए। उनै पर्यटक र उनीहरुका नेपाली सहयोगीह हिमपहिरोमा परेको आशंका रहेको पर्यटन व्यवसायीले बताएका छन्।  

चुमनुब्री गाउँपालिका– १ का अध्यक्ष कर्मा छेवाङ लामाका अनुसार मौसम खराब हुँदा त्यहाँ हेलिकप्टर जान सकेको छैन। यो बेला त्यहाँ बेसक्याम्पमा मात्र संचार सम्पर्क हुन्छ । ‘घटना भएको क्षेत्र निकै नै माथि हो। यो बेला आरोहणका लागि गएका थिए। नेपाली आरोही र विदेशी पनि जान्छन, उनीहरु नै हिमपहिरोको चपेटामा परेका हुन्,’ उनले भने।  

चुमनुब्री–१ सामागाउँमाका बीरबहादुर लामाले पनि हिमपहिरो आएको र उद्धारको प्रयास भईरहेको बताए । ‘हेलिकप्टर आएको देखेका छौ। उद्धार हुँदै गरेको छ। मौसम खराब भएकोले उद्धारमा कठिनाई भएको छ,’ उनले भने।  

प्रकाशित: १० आश्विन २०७९ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App