४ वैशाख २०८१ मंगलबार
अर्थ

छाला उद्योग आर्थिक संकटमा

नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक संकटमा परेका छन्। नेपाल छाला उद्योग संघका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक संकटमा परेका हुन्।

विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन नसकेको संघका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए। नेपाल छाला उद्योग संघका अनुसार नेपालमा हाल नेपाली लगानीका तयारी छाला उत्पादन गर्ने १२ उद्योग मात्रै सञ्चालनमा छन्।

नेपाली बजारमा खसीबोका र राँगाभैँसीको छाला मात्र कच्चापदार्थका रुपमा उपलब्ध हुने गर्दछ। गाईगोरुको छाला तेस्रो मुलुकबाट नेपाली बजारमा आयात हुँदै आएको छ। नेपाली छाला उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको इफ्तखार बताउछन्।

नेपालमा हाल सञ्चालनमा रहेका १२ छाला उत्पादन गर्ने उद्योगमध्ये आठवटा बारा र पर्सा छन् भने बाँकी चार उद्योग विराटनगरमा सञ्चालनमा रहेको नेपाल छाला उद्योग संघले जनाएको छ। तेस्रो मुलुकबाट गाईगोरुको छाला (कच्चापदार्थ) नेपाली बजारमा भित्र्याउँदा महँगो पर्ने गर्छ। छालाजन्य सामग्रीलाई प्रशोधन गर्न प्रयोग गरिने केमिकल (कच्चापदार्थ) तेस्रो मुलुकबाट नेपाली बजारमा आउँदा महँगो पर्ने हुँदा नेपाली छाला व्यापार मारमा परेको स.घका मधेस प्रदेशका महासचिव विनोदकुमार चौधरीले जानकारी दिए।

विशेषगरी नेपाली बजारमा पाइने खसीबोका र राँगाभैँसीको छालाबाट उत्पादित छालाबाट सामान्य खालका जुत्ताचप्पल बनाइने गरिन्छ भने गाईगोरुको छाला तेस्रो मुलुकबाट भित्रिएर तयार गरिएको तयारी छालालाई राम्रो खालका जुत्ताचप्पलसहित विभिन्न छालाजन्य सामग्री उत्पादन हुने गर्दछ। नेपाल छाला उद्योग संघका अनुसार नेपालमा करिब पाँच अर्ब बराबरको वार्षिक जुत्ताचप्पलको कारोबार हुने गर्दछ। जसमध्ये ७५ प्रतिशत विभिन्न देशबाट नेपाली बजारमा भित्रिने गर्दछ।

सरकारले यदि नेपालमा नेपाली लगानीमा सञ्चालनमा रहेका तयारी छाला उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन नेपालीमा भित्रिने केमिकल (कच्चापदार्थ)आयातमा सहुलियत प्रदान गर्नुपर्ने साथै वर्तमान योजना समयअनुसार उद्योगमैत्री बनाउनुपर्ने संघका केन्द्रीय महासचिव  इफ्तखारको माग छ। नेपाल छाला उद्योग संघका अनुसार नेपालमा नेपाली लगानीका हाल सञ्चालनमा रहेका कूल १२ वटा तयारी छाला उत्पादन गर्ने उद्योगमा करिब पाँच सय जना  कर्मचारीका रुपमा कार्यरत छन्।रासस

प्रकाशित: २ आश्विन २०७९ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App