१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब दिखी बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने बैंक जनाएको छ।

बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो, यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिने भएको छ।

साथै, उक्त सम्झौता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने जनाएको छ।

अब उप्रान्त मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफूसँग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App