१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआईसी एसिया क्यापिटलको छैटौं साधारणसभा सम्पन्न

एनआईसी एसिया क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले हुन आउने ११ करोड रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।

क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले मर्चेण्ट बैंकहरू मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको बताए।

प्रकाशित: ९ भाद्र २०७९ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App