२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक २७.७२ अंकले वृद्धि

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधवार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो।  

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्म देखिएका छन्। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

बिहीबार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै,हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता,सपोर्ट माइक्रोफाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ। आज रिडी हाइड्रोपावर कम्पनीले  १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

प्रकाशित: २ भाद्र २०७९ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App