६ वैशाख २०८१ बिहीबार
अर्थ

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड सुरु

प्रयोगकर्तालाई विभिन्न किसिमका छुट सुविधा

 हिमालयन बैंकर अमेरिकन एक्सप्रेसले नेपालमा दुई किसिमका कार्ड सेवा सुरु गरेको छ । आफ्ना ग्राहकहरूका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिटकार्डर हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याइएको हो।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरेर विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामान खरिद गर्ने खरिदकर्ताका लागि ल्याइएको हो। यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूलाई लक्षित गरी जारी गरिने हो।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा यी दुई कार्डबाट भुक्तानी गर्दा विभिन्न सुविधा, छुट पाइने जानकारी दिइयो। कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेरराणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखि सम्बन्धरहेकोर विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुई नयाँ कार्ड सञ्चालनमा ल्याएको बताए।

उनका अनुसार विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकलाई कार्ड प्रयोगले थप सुविधा प्रदान गर्ने छ। अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसको दुई नयाँ कार्डको सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए।

उनका अनुसार दुबै कार्डले प्रयोगकर्तालाई समग्रमा यात्रा तथा विभिन्न सामान खरिदमा उच्चतम लाभको अनुभूति गराउने छ । कार्यक्रममा दिएको जानकारी अनुसार हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरे ०.५० प्रतिशत वा बढीमा तीन हजार प्रतिवर्षसम्म नगद फिर्ता (क्यास ब्याक) पाउने छन्।

यसैगरी हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रि पेडकार्ड प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरे ०.५० प्रतिशत वा बढीमा २ हजार ४ सय रूपैयाँ प्रतिवर्ष नगद फिर्ता पाउने छन् । यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले क्लब हिमालयमा कम्तिमा २रातको बुकिङ गर्दा होटलका तर्फबाट १रात निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यस्तै युनाइटेड कलर्स् अफ बेनेटनमा सामान खरिद गर्दा १०, स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानमा १५, मिसियोमा ३३र एपिक माउन्टेन बाइकमा १० प्रतिशतसम्म छुट पाउने छन्। यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रीपेड कार्ड प्रयोगकर्ताले स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानमा १५, मिसियोमा ३३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। 

प्रकाशित: २७ श्रावण २०७९ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App