१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

आर्थिक कारोबारका लागि सदरमुकाम बेनी आउने झन्झटलाई मध्यनजर गरी स्थापना भएको ग्राहक सेवा केन्द्रमा दैनिक सेवा लिन आउने गरेका छन्। ग्राहक सेवा केन्द्रका लागि स्थानीय व्यवसायी सरस्वती श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाका सहायक शाखा प्रबन्धक सुमित सुबेदीले बताए। ‘आवश्यकता अनुसारका स्थानमा सेवा केन्द्र स्थापना गरिरहेका छौं, ‘थप सेवा केन्द्रहरूका लागि समेत अनुरोध आइरहेको छ’ सहायक प्रबन्धक सुबेदीले भने।

ग्राहक सेवा केन्द्र सञ्चालनमा आएपछि विदेशबाट रेमिट्यान्स सेवा, बचत तथा अन्य कारोबारका लागि दैनिक ग्राहक आउन थालेको प्रतिनिधि श्रेष्ठले बताइन्। उनले एकसातामै करिब ४० जनाले सेवा लिएको बताइन्। ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जाको सिफारिस गर्ने समेत व्यवस्था गरेको छ। 

प्रकाशित: १८ श्रावण २०७९ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App